०१ साउन २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकको चिरायू नेसनल अस्पतालसँग सम्झौता

फागुन १०, २०७५
माछापुच्छ्रे बैंकको चिरायू नेसनल अस्पतालसँग सम्झौता

काठमाडौं – माछापुच्छ्रे बैंक र चिरायू नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा चिरायू नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेसनल अस्पतालका सेवामा १५% सम्मको छुट पाउनेछन् ।

बैंकका ग्राहकले छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । चिरायू अस्पतालले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ९३ वटा शाखा लगायत ६२ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १ सय ५५ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर १ सय १५ वटा एटीएम सञ्चालनमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्