१४ असार २०८३, आइतबार

भारत र पाकिस्तानबीच युद्ध चर्किने संकेत : पाकिस्तानले अस्पतालहरूलाई तयार हुन दियो निर्देशन

फागुन १०, २०७५
भारत र पाकिस्तानबीच युद्ध चर्किने संकेत : पाकिस्तानले अस्पतालहरूलाई तयार हुन दियो निर्देशन

काठमाडौं — भारतको जम्मु कश्मीरमा रहेको पुलवामा आक्रमणपछि भारतको सम्भावित जवाफी कारवाहीको आशंका गर्दै पाकिस्तानले युद्ध मोर्चामा तयारी शुरू गरेको छ । 

पुलवामा आक्रमणमा जिम्मेवार रहेको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मसूद अजहरले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भारतको दबाबमा नझुक्न भएको बेलामा यो तयारी गरिएको हो । 

पाकिस्तानले फरक फरक मोर्चामा युद्धको तयारी गरिएको बुझिएको छ । बलूचिस्तानस्थित सैन्य अड्डाले पाकिस्तान अधीनस्थ कश्मीरमा स्थानीय प्रशासनलाई नोटिस पठाएर छिमेकी मुलुक भारतसँग युद्धको तयारी गर्न भनेको दस्तावेज भारतीय सञ्चारमाध्यमले फेला पारेको छ । 

क्वेटा क्यान्टोनमेन्टस्थित पाकिस्तानी सेनाको अड्डा क्वेटा लजिस्टक्स एरियाका तर्फबाट फेब्रुअरी २० मा जिलानी अस्पताललाई पठाइएको एक पत्रमा भारतसँग युद्धको स्थिति उत्पन्न भएमा चिकित्सकीय सहायताको प्रबन्ध मिलाउन भनिएको छ । 

त्यसबाहेक निजी अस्पतालहरूलाई २५ प्रतिशत बेड आरक्षित गर्नुका साथै आवश्यक सुविधाहरूलाई मिलाएर राख्ने निर्देशन पनि दिइएको छ । 

बिहीवार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सेनाप्रमुख जनरल कमर जावेद बाजवासँग बैठक बसेर स्थितिको समीक्षा गरे । त्यसपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर सेनालाई सतर्क अवस्थामा राखिएको छ । 

पाकिस्तान अधीनस्थ कश्मीरमा नियन्त्रण रेखानजिकका गाउँलेहरूलाई सतर्क रहन भनिएको छ । पीओके सरकारले स्थानीय प्रशासनलाई चिट्ठी लेखेर सतर्क रहन भनेको हो । भारतीय सेनाका तर्फबाट सम्भावित कारवाहीको स्थितिमा मानिसहरूलाई एड्भाइजरी जारी गर्न निर्देश दिइएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्