०९ असार २०८३, मंगलबार

सुर्खेती तरुणको प्रशंसनीय कामः मृगौला पीडितलाई २५ हजार सहयोग

फागुन १०, २०७५
सुर्खेती तरुणको प्रशंसनीय कामः मृगौला पीडितलाई २५ हजार सहयोग

सुर्खेत- नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले एक जना मृगौला पीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् । कलाकार, खेलाडी तथा समाजसेवी समेत रहेका विष्टले वीरेन्द्रनगर वडा नम्बर ४ का ललित बहादुर रानालाई आर्थिक सहयोग गरेका हुन् ।

राना दुबै मृगोला फेल भएर उपचारार्थ छन् । आर्थिक अभावका कारण उपचारमा समस्या नहोस् भन्दै विष्टले २५ हजार एक सय रुपैया आर्थिक सहयोग गरेका हुन् । बिरामीका छोरा सुदिप रानाले विष्टले आफै आएर पीडितलाई भेटी आर्थिक रकम हस्तान्तरण गरेको बताए । सहयोग पाएका रानाले भने ‘अहिलेको जमानामा पनि दुखी गरिबलाई सहयोग गर्ने कोहि न कोहि जिउँदो भगवान हुँदो रहेछ ।’

दुवै मृगौलाले काम गर्न छोडेपछि करिब ६ महिना देखि सुर्खेत स्थित क्षेत्रिय अस्पतालमा उपचारार्थ रानाको स्वास्थ्य अवस्था खस्कदै गएको छ । आर्थिक अवस्था निकै नाजुक भएका कारण उपचारमा समस्या देखेपछि आफूले आर्थिक सहयोगको सुरुवात गरेको विष्टले बताए । उनले विपन्न रानालाई आर्थिक सहयोग गरी जीवन बचाइदिन समेत सबैलाई अपिल गरेका छन् ।

रानालाई अहिले आइसियुमा राखेर उपचार भइरहेको छ । ‘उपचारका लागि अन्यत्र लैजाने र पैसा खर्च गर्न सक्ने आर्थिक हैसियत छैन,' विष्टले भने, 'अरुले पनि सहयोगी हात बढाउनुहोला भनेर मैले सहयोगको सुरुवात गरेको हुँ ।’ उनका अनुसार उनीहरुको उपचार गर्ने अवस्था नभएको कारण सहयोग गरिएको हो । सबै नेपालीले सहयोग गर्न सकेको खण्डमा रानाको उपचारमा सहयोग गर्न चाहनेहरुले उनका छोरा सुदिपको फोन नम्बर ९८५८०२६०२५ मा सम्पर्क गर्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्