२५ जेठ २०८३, सोमबार

नख्खु विस्फोटमा २ जना घाइते

फागुन १०, २०७५
नख्खु विस्फोटमा २ जना घाइते

ललितपुर–ललितपुरको नख्खुस्थित एनसेलको प्रधान कार्यालय परिसरमा बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । 
अज्ञात समूहले शुक्रबार साँझ  भएको सो विस्फोटमा परी २ जना बटुवा घाइते भएका छन् । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

ललितपुर प्रहरीका डीएसपी अपिलाल बोहराले बम विस्फोट भएको स्थानमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए । 
महानगरीय अपराध महाशाखा, ललितपुर प्रहरी र प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीसमेत घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।

यसैबीच काठमाडौंको कमलपोखरीस्थित आँगन मिठाई पसल नजिक पनि शंकास्पद वस्तु फेला परेको छ।

प्रहरीले शंकास्पद वस्तु बम हुने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएको छ।

salt training

कमेन्ट गर्नुहोस्