०३ साउन २०८३, आइतबार

घलेलाई मानार्थ अध्यक्षबाट तत्काल नहटाउन आदेश

फागुन ११, २०७५
घलेलाई मानार्थ अध्यक्षबाट तत्काल नहटाउन आदेश

काठमाडौँ– टासी घलेलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्काल नहटाउन पाटन उच्च अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नाममा आदेश जारी छ । गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । 

लगत्तै घलेले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । दायर मुद्दामा प्रारम्भिक सुनुवाइपछि उनलाई पदबाट तत्काल नहटाउन शुक्रबार अन्तरिम आदेश दिएको अदालतका रजिष्टार बाबुराम दाहालले बताए ।

गत माघ ३ गते एन्फाको कार्य समिति बैठकले घलेलाई मनोनित गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको थियो । कार्यसमितिले गत वैशाखमा भएको निर्वाचन लगत्तै उनलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । कर्माछिरिङ शेर्पा प्यानललाई एन्फा निर्वाचनमा सहयोग गरेका घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्