
काठमाडौं– राँगोको आक्रमणबाट चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा एकजनाको मृत्यु भएको छ । शनिबार बिहान राँगोले आक्रमण गर्दा स्थानीय ७० वर्षीय मानवीर महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘मर्निङ वाक’मा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । राँगोको आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका लागि कीर्तिपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मान्छे मार्ने रागाँलाई प्रहरीले खेदेर दहचोक पुर्याएपछि गोली हानेर मारेको छ । प्रहरीले दुई राउण्ड गाेली प्रहार गरेकाे थियाे ।