०९ साउन २०८३, शनिबार

बम विस्फोटका घटनाप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण

फागुन ११, २०७५
बम विस्फोटका घटनाप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण

काठमाडौं-राजधानीको नख्खु तथा देशैभर भएका बम विस्फोटका घटनाप्रति विवेकशील नेपाली दलले ध्यानाकर्षण भएको जनाएको छ । 

शनिवार विवेकशील नेपाली दलले एक प्रेस विज्ञप्ति जारी गर्दै बम विस्फोटका लगायतका हिंसात्मक घटनाहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

'हामी विस्फोटको घटनामा संग्लनहरूको यथाशक्य छिटो पहिचान गरी कानूनी कारवाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । बुद्धको देश भनेर चिनिने हाम्रो गुरु भूमिमा कुनै पनि समस्याको समाधान हिंसा - प्रतिहिंसा हुनै सक्दैन भन्ने विवेकशील नेपालीको दृढ विश्वास हो,' विज्ञप्तिमा भनिएको छ, 'यसरी हिंसा प्रयोग गरिनु कायरताको पहिचान हो । र यस वीर भूमिमा यस्ता कायरताको कुनै ओचित्य रहन्न ।'

विवेकशील नेपाली दलले एनसेलमाथिको हमला निन्दनीय भएकोसमेत जनाएको छ  । पार्टीले यस्ता घटनाहरूले त्रासको वातावरण सिर्जना गर्ने र लगानीकर्ताको लगानीको सुरक्षामा समेत शङ्का पैदा गर्ने हुँदा सरकार र सरोकारवालाहरू अत्यन्तै गम्भीर हुनुपर्ने ठहर गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्