
काठमाडौं – मेरी बास्सैका हाँस्य कलाकार राजु पौडेल अर्थात् राजु मास्टरको फेसबूक ह्याक भएको छ ।
विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबूक ह्याक भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । पौडेलले आफ्नो फेसबूक शुक्रवार साँझ ६ बजेबाट ह्याक भएको बताएका छन् ।
ह्याकरले राजु मास्टरको फेसबूक ह्याक गरी विभिन्न अश्लिल दृश्यहरू पोस्ट गरिरहेको छ । उनको ह्याक भएको फेसबूकमा कोरियन भाषाका शब्द लेखिएको कारण कोरियाबाट ह्याक भएको अनुमान गरिएको छ ।
फेसबूक ह्याक भएर अनावश्यक तस्वीरहरू पोस्ट हुन थालेपछि समस्या सिर्जना भएर पौडेलले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतीय कारोबार ऐन अन्तर्गत छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् ।
उनले आफ्नो फेसबूक ह्याक भएकोबारे शुभचिन्तकलाई सचेत गराउँदै नयाँ फेसबूक खोलिएको र पुरानो फेसबूक आइडीमा ब्लक गरिदिन सबैमा अनुरोध गरेका छन् ।
पछिल्लो समय विभिन्न चर्चित व्यक्ति, सेलिब्रिटीको फेसबूक ह्याक हुने क्रम बढेको छ । फेसबूक ह्याक भएपछि कलाकारले प्रहरी गुहार्नुपरेको छ । वर्षाैदेखि प्रयोग गर्दै आएको आफ्नो फेसबूक ह्याक भएपछि चर्चित हाँस्य कलाकार राजु पौडेलउर्फ राजु मास्टरले प्रहरीको साहारा लिएका छन् ।
चर्चित हाँस्य टेलिशृंखला मेरी बास्सैका निर्देशकसमेत रहेका हाँस्य कलाकार राजु मास्टरले ५ हजारभन्दा बढी साथी र ९ हजारभन्दा बढी फलोअर्स रहेको फेसबूक ह्याक भएपछि दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।