१० साउन २०८३, आइतबार

राप्रपा महामन्त्रीसहित १७ जनाद्वारा पार्टी परित्याग

फागुन ११, २०७५
राप्रपा महामन्त्रीसहित १७ जनाद्वारा पार्टी परित्याग

काठमाडौं– राप्रपाका महामन्त्री जयन्त चन्दसहित १७ जनाले पार्टी परित्याग गरेका छन् । 
तीन राप्रपाबीच एकता हुनुपर्ने लबिङ गर्दै आएका उनीहरु एकता हुन नसकेपछि पार्टी परित्याग गर्ने निर्णयमा पुगेका हुन् । 
गत महिना एकीकृत राप्रपा राष्ट्रवादी र राप्रपा प्रजातन्त्रबीच एकता हुँदा कमल थापा नेतृत्वको राप्रपा पनि एकीकरण प्रक्रियामा सहभागि हुनुपर्ने पक्षमा उनीहरु थिए । तर, सो सम्भव नभएपनि उनीहरुले पार्टी छाड्ने निर्णय लिएको बताइएको छ । 
पार्टी परित्याग निर्णयको घोषणा गरेका मध्येका एक जयन्त चन्दले चन्दले आफूसहितका २२ नेताले राप्रपा परित्यागको निर्णय लिएको दाबी गरे । तर सो समूहले पार्टी परित्यागको निर्णय गरेको माइन्यूटमा भने १७ जनाको हस्ताक्षर रहेको छ । 
लोकान्तरलाई प्राप्त नामावलीाअनुुसार पार्टीबाट अलग हुने निर्णय लिनेमा महामन्त्री जयन्त चन्दसँगै भरत गिरी, दिनेश श्रेष्ठ, प्रह्लाद शाह, गोविन्द खनियाँ, भरत प्रसाद पाठक, सानुकाजी हेमा, चिरागमान सिंह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेश सिंह, बिन्दा गिरी, भरत बहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द र मुकुन्द कार्की रहेका छन् । 
उनीहरु केही दिनमै राप्रपा संयुक्तमा विलिन हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्