काठमाडौं, ३० फागुन — आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत सोमवार भइरहेको खेलमा नेपालले टस जितेर राम्रो शुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भइरहेको खेलमा नेपालले केन्याको दुई विकेट लिइसकेको छ । तेह्र ओभरमा केन्याले जम्मा २८ रन बनाएर दुई विकेट गुमाएको हो ।
दुवै विकेट मोहम्मद आलमले लिएका हुन् । एलेक्स ओबान्दालाई नौ रन बनाउँदा उनले एलबिडब्लु आउट गरे भने लगत्तै धिरेन गोन्दरियालाई शून्य रनमा बोल्ड गर्दै पेभिलियन फर्काए ।
६ ओभरमा चार मेडन राख्दै जम्मा दुई रन दिएर उनले दुई विकेट लिएका हुन् ।