काठमाडौं, ३० फागुन — इराकको मोसुल शहरमा लडाईं गरिरहेका इस्लामिक स्टेट (आईएस) का लडाकुहरू शहरमै मारिने एक अमेरिकी अधिकारीले बताएका छन् ।

आईएसविरुद्धको गठबन्धनमा वरिष्ठ अमेरिकी अधिकारी ब्रेट मक्गर्कले शहर पुग्ने अन्तिम बाटो पनि इराकी सेनाले बन्द गरेपछि यस्तो चुनौती दिएका हुन् । बाटो बन्द भएपछि आईएसका लडाकुहरू शहरमै थुनिएका छन् ।
जिहादीहरूले इराकको दोस्रो ठूलो शहर मोसुल सन् २०१४ मा कब्जा गरेका थिए ।
तर इराकी सेनाले महिनौं चलेको आक्रमणपछि ठूला इलाका कब्जा गरेका छन् ।
उनीहरूले मोसुलको पूर्वी भाग कब्जा गरिसकेका छन् र फागुन २२ देखि अमेरिकी सेनाको समेत संलग्नता भएपछि अतिवादीहरू पश्चिमका प्रमुख स्थानबाट भाग्न सफल भएका छन् ।
सप्ताहान्तमा चर्को लडाईं भएको थियो । आइतवार बगदादमा पत्रकारहरूलाई मक्गर्कले नवौं इराकी सेनाको डिभिजनले मोसुलतिरको अन्तिम सडक पनि बन्द गरेको छ ।
बीबीसीबाट