३० असार २०८३, मंगलबार

१६ वर्षको उमेरमै ‘जँड्याही’ थिइन् यी अभिनेत्री, पिताको एक कलले फेरियो जीवन

फागुन १२, २०७५
१६ वर्षको उमेरमै ‘जँड्याही’ थिइन् यी अभिनेत्री, पिताको एक कलले फेरियो जीवन

एजेन्सी- ९० को दशककी बोल्ड अभिनेत्री पूजा भट्ट ४७ वर्षकी भइन् । उनको आज जन्मदिन हो । पूजा फिल्म निर्माता महेश र किरण भट्टको छोरी हुन् ।

‘दिल है कि मानता नहीं’ र ‘सडक’जस्ता सुपरहिट फिल्म दिएकी पूजाले अहिले फिल्म निर्देशन पनि गर्छिन् । एक समय पूजाको फिल्मी र व्यक्तिगत जिन्दगीबारे अखबारमा खबर बनिहरेका हुन्थे । तर अहिले उनको त्यतिसारो चर्चा भने हुँदैन ।

पूजाले सन् १९९० मा ‘ड्याडी’ फिल्मबाट अभिनययात्रा थालनी गरेकी थिइन् । त्यसबेला उनी मात्र १६ वर्षकी थिइन् । उक्त फिल्मबाट उनले ‘फिल्म फेयर न्यू फेस अफ दि इयर’ हात पारेकी थिइन् । त्यसपछि उनले महेश भट्टको निर्देशनमा बनेको फिल्म ‘दिल है कि मानता नहीं’मा अभिनेत्रीको रुपमा काम गरिन् । यस फिल्ममा उनको अपोजिटमा आमिर खान थिए । उनले बक्स अफिसमा तमन्ना, चाहत, बोर्डर, जख्मलगायतका हिट फिल्म दिएकी छन् ।

मदिराको लत

पूजा त्यतिबेला चर्चामा आइन्, जब उनले सार्वजनिक रुपमै आफू जँड्याही भएको खुलासा गरिन् । त्यसबेला उनी मात्र १६ वर्षकी थिइन् । पूजाले २३ वर्षको उमेरमा चुरोट पनि पिउन थालिन् । उनले परिवारको माहौल निकै नै खुला भएकाले आफूमा मदिरा तथा धूमपानको लत लागेको बताएकी थिइन् ।

छोरीको मदिराको लतबाट चिन्तित थिए पिता महेश

बताइएअनुसार छोरी पूजाको मदिराको लतका कारण पिता महेश भट्ट निकै चिन्तित थिए । यसको खुलासा पूजा आफैंले गरेकी थिइन् । उनलाई त्यतिबेला पिताले फोनमा भनेका थिए, ‘यदि तिमी मलाई माया गर्छौं भने तिमी आफूलाई पनि माया गर । किनकी म तिमीभित्रै बस्न चाहन्छु ।’ त्यसपछि आफूले मदिरा छोडेको पूजाले बताएकी थिइन् ।

फोटोशूटले मच्चाएको थियो बबाल

पूजा आफ्नो बोल्डनेसका कारण निकै चर्चा र विवादमा रहने गर्थिन् । एक म्यागेजिनको कभरका लागि उनले पिता महेशसँग फोटोशूट गराएकी थिइन् । मानिसहरूले बाबु-छोरीको फोटो मन पराएनन् । र उनीहरूले चर्को आलोचना सहनुपर्‍यो ।  

salt training

कमेन्ट गर्नुहोस्