०३ साउन २०८३, आइतबार

संसदीय समितिमा गृहमन्त्रीको जवाफ- नख्खु विस्फोटमा विप्लव नेकपाको हात देखियो

फागुन १२, २०७५
संसदीय समितिमा गृहमन्त्रीको जवाफ- नख्खु विस्फोटमा विप्लव नेकपाको हात देखियो

काठमाडौं -गृहमन्त्री रामबहादुर थापा 'बादल'ले एक जनाको ज्यान जाने गरी ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा विप्लव नेतृत्वको नेकपाको हात रहेको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको आइतवारको बैठकमा उपस्थित गृहमन्त्री थापाले नख्खुको विस्फोट र देशका विभिन्न भागमा एनसेल टावरहरूमा भइरहेको आगजनीमा विप्लव नेतृत्वकै पार्टीको संलग्नता देखिएको बताएका हुन् ।

गृहमन्त्री थापाले समानान्तर सरकार चलाउने प्रयास स्वरूप विप्लव समूहले विस्फोट र आगजनीका श्रृंखला चलाएको जिकिर गरे । यो विस्फोट लगानी सम्मेलनलाई लक्षित गरेर गरिएको समेत गृहमन्त्री थापाले बताए ।

सरकारलाई प्राप्त विप्लवका पछिल्ला निर्णयहरूले सो कुरा पुष्टि हुने उनको दाबी छ ।

गृहमन्त्री थापाले राजनीतिक समूह भएर उन्मुक्ति दिँदा विप्लव समूह हौसिएको जिकिर समेत गरे ।

गत शुक्रवार साँझ नख्खुमा भएको विस्फोटमा घाइते ३ मध्ये एक जनाको उपचारका क्रममा निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्