०५ असार २०८३, शुक्रबार

राजधानीको धूलो बढार्ने ५ ब्रूमर कोलकाता बन्दरगाहमा, एक महिनाभित्र काठमाडौं आइपुग्ने

फागुन १२, २०७५
राजधानीको धूलो बढार्ने ५ ब्रूमर कोलकाता बन्दरगाहमा, एक महिनाभित्र काठमाडौं आइपुग्ने
प्रतिकात्मक तस्वीर

काठमाडौं - राजधानीको धूलो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले खरिद गरेका ५ वटा ब्रूमर भारतस्थित कोलकाता बन्दरगाहमा आइपुगेका छन् ।

ब्रूमर खरिदका लागि गत वर्षको फागुन महिनामा प्रक्रिया शुरू भएको थियो । त्यसको एक वर्षपछि ब्रूमर खरिद गरी नेपाल ल्याउन लागिएको हो ।

१० करोड ८४ लाख ५० हजार रुपैयाँमा ब्रुमर खरिद गरी कोलकातासम्म ल्याइएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । महानगरले भन्सार छूटका लागि अर्थमन्त्रालयमा प्रस्ताव समेत पठाएको छ ।

अबको एक महिनाभित्र ती ब्रुमर काठमाडौं आइपुग्ने उनले बताए ।

थन्किए दुई ब्रूमर

चीनको एक नगरपालिकाले अनुदानमा उपलब्ध गराएको दुईवटा ब्रूमर प्राविधिक जटिलताका कारण थन्किएका छन् । बाँयातर्फ चालक इञ्जिन रहने ती ब्रूमर चलाउन नसकिएको प्रवक्ता डंगोलले बताए ।

सडक विभागसँगको समन्वयमा चलाइएका ब्रूमर पनि त्यति प्रभावकारी नभएको उनले बताए ।

उनले भने- महानगरपालिकासँग आफ्नै ब्रूमर छैन । सडक विभागसँग समन्वय गरेर बानेश्वर, एयरपोर्ट, माइतीघर लगायतका क्षेत्रमा ब्रूमर लगाइएपनि त्यो काम त्यति प्रभावकारी भएको छैन ।' 

नयाँ ब्रूमर आइसकेपछि धूलोको समस्या समाधान हुने उनको जिकिर छ ।

salt training

कमेन्ट गर्नुहोस्