
काठमाडौं- आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।
आइतवार बैंककस्थित एसियन इन्टिच्यूट अफ टेक्नोलोजी मैदानमा हङकङले दिएको ६३ रनको लक्ष्य नेपाली टोलीले १८.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।
नेपाली टोलीलाई जीत दिलाउन अप्सरी बेगमले सर्वाधिक २४ र सरिता मगरले १६ रन बनाइन् ।
हङकङका लागि जस्मिन टिटमसले ३ तथा क्यारी चान र मारिको हिलले समान एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन बनाएको थियो ।
ब्याटिङतर्फ हङकङका लागि मरिना लाम्प्लोघले १९, यस्मिन दस्वानीले १६ तथा बेल्ला पुनले ११ रन बनाइन् । हङकङका अन्य ब्याट्ओमनले दोहोरो अंक बनाउन सकेनन् ।
हङकङलाई सस्तैमा समेट्न नरी थापा एक्लैले ६ विकेट लिइन् । त्यस्तै सिता राना मगरले दुई विकेट हात पारिन् ।