
काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा प्रा. डा. रेशमबहादुर राना नियुक्त भएका छन् ।
प्रतिष्ठान ऐन, २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्लेले हालै प्रा. डा. रानालाई सो पदमा नियुक्ति गरेको प्रतिष्ठानले जनाएको छ ।
स्वास्थ्य सहायक पदबाट स्वास्थ्य सेवा शुरू गरेका प्रा. डा. रानाले चिकित्सा शिक्षाअन्तर्गत स्नातक, स्नाकोत्तर तथा विद्यावारिधि पूरा गरेका छन् ।
विभिन्न जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेका प्रा. डा. रानाले वीर अस्पताल सेवा तथा चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान (न्याम्स)मा अध्यापन गराउँदै आएका थिए ।
उनी काठमाडौं विश्वविद्यालयको चिकित्सा शिक्षा अध्यापनमा समेत संलग्न हुँदै आएको प्रतिष्ठानले जनाएको छ ।
यसअघि प्रतिष्ठानले प्रतिष्ठानअन्तर्गत स्त्रीरोग विभागको प्रमुखमा प्रा. डा. किरण रेग्मीलाई नियुक्ति गरेको थियो ।