२४ जेठ २०८३, आइतबार

प्रहरीलाई घुस दिने २ जना नियन्त्रणमा

फागुन १२, २०७५
प्रहरीलाई घुस दिने २ जना नियन्त्रणमा
फाइल फोटो

काठमाडौं- महानगरीय प्रहरी वृत्त कमलपोखरीले प्रहरीलाई घुस दिई प्रभावमा पार्न खोज्ने २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शनिवार काठमाडौं महानगरपालिका- १ नागपोखरीस्थित बा. ४१ प. ५६१५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा धुम्बाराही बस्ने रौतहटका सुरेन्द्र पासवानले प्रहरी टोलीलाई ५ सय रुपैयाँ घुस दिएकाले उनलाई नियन्त्रणमा लिइएको  हो । 

यसैगरी शनिवार राति पौने एघार बजे बजे महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीस्थित को.१४ प. २६२८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा काठमाडौं महानगरपालिका-२३ ओमवहालका राजनराज भण्डारीले ब्लुबुक भित्र १ हजार रुपैयाँ राखी घुस रकम दिँदै गर्दा नियन्त्रणमा लिइएको जनाइएको छ । 

दुवै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्