३१ जेठ २०८३, आइतबार

चालकदलका सदस्यको चलाखीले बङ्गलादेशी विमान अपहरण प्रयास विफल

फागुन १२, २०७५
चालकदलका सदस्यको चलाखीले बङ्गलादेशी विमान अपहरण प्रयास विफल

ढाका–बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । 

आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले अनेक चलाखी अपनाउँदै उक्त प्रयासलाई विफल पारेको बताइएको छ । 

बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराइएको छ । 

ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण गराइएको आइएसपिआर स्रोतले जनाएको छ । 

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा रहेका सबै यात्रुहरूलाई सुरक्षितरूपमा विमानबाट बाहिर निकालिसकिएको एक सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वालाई बताए । 
 तर यसबारे विस्तृत विवरण बाहिर आइसकेको छैन । विमान अपहरणबारे आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त भएको छैन । 

विमान अपहरण गर्न खोज्ने व्यक्तिलाई अहिले सुरक्षा नियन्त्रणमा लिइएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्