०९ असार २०८३, मंगलबार

नारायणी नदीमा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

फागुन १२, २०७५
नारायणी नदीमा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

चितवन–चितवनको भरतपुर महानगरापालिका १ स्थित नारायणी नदीमा नुहाउने क्रममा वेपत्ता भएका एक जनाको शव आइतबार सशस्त्र प्रहरीको टोलीले निकालेको छ ।

फागुन ११ गते नारायणी नदिमा नुहाउने क्रममा भारत घर भई सोही महानगरपालिका १ नारायणगढ डेरा गरी बस्ने १५ वर्षिय मनिष साह नदिमा डुवेर वेपत्ता भएका थिए । 

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको एपीएफ टोली खोजी कार्यको लागि उक्त स्थानमा खटिएको थियो ।

आज बिहानबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा आवश्यक उद्धार सामाग्रीसहित खटिएको गोताखोर टोलीले खोजी गर्ने क्रममा साहको शव बिहान करिव ११ बजे नदिबाट बाहिर निकाल्न सफल भएको हो ।

एपीएफ टोलीले उक्त शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्