२७ असार २०८३, शनिबार

साफ महिला फुटबलमा पाकिस्तान सहभागी नहुने, खेल तालिका परिवर्तन

फागुन १३, २०७५
साफ महिला फुटबलमा पाकिस्तान सहभागी नहुने, खेल तालिका परिवर्तन
सन्दर्भ तस्वीर

काठमाडौं– यही फागुन २८ देखि आगामी चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएको छ । यसअघि सार्वजनिक भएको खेल तालिकाको समूह ‘ए’मा रहेको पाकिस्तानले नखेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

पाकिस्तानले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि एन्फाले खेल तालिका परिवर्तन गरेको छ । समूह ‘ए’मा अब नेपाल, भूटान र बङ्गलादेशले मात्र प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् । सार्वजनिक गरिएको नयाँ खेल तालिकाअनुसार नेपालले उद्घाटन खेल यही फागुन २८ मा भूटानसँग खेल्नेछ । 

नेपालले दोस्रो खेलमा आगामी चैत २ गते बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताका सबै खेल विराटनगरस्थित शहीद रङ्गशालामा हुनेछन् । 


 

salt training

कमेन्ट गर्नुहोस्