०२ असार २०८३, मंगलबार

भारतीय प्रधानमन्त्री मोदीले यसरी धोए मजदुरको गोडा

फागुन १३, २०७५
भारतीय प्रधानमन्त्री मोदीले यसरी धोए मजदुरको गोडा

प्रयागराज– कुम्भमेलामा आरती गर्न उत्तर प्रदेशको प्रयागराज पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार एकाएक सामाजिक सञ्जालमा चर्चामा आए । 
मेला व्यवस्थापनमा सफाइका लागि खटिएका मजदुरको गोडा मिचिमिची धोएपछि मोदीको चर्चा बढेको हो । 
‘स्वच्छ कुम्भ स्वच्छ आभार’ आभार कार्यक्रममा सरसफाइ कर्मचारीलाई सम्मान गर्नुअघि मोदीले गोडा धोइदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको कार्यक्रममा मोदीले २ महिलासहित ५ जनाको गोडा धोए । त्यसपछि पुछिदिए, अनि खादा ओढाएर सम्मान गरे । एजेन्सीलाई उदृत गर्दै आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्