०२ असार २०८३, मंगलबार

बेल्ट एन्ड रोडको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा

फागुन १३, २०७५
बेल्ट एन्ड रोडको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा

काठमाडौं– सडकु पूर्वाधार, पर्यटन, व्यापार र यातायात सुरक्षासँग सम्बन्धित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौंमा शुरु हुँदैछ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत हुन लागको यो सम्मेलन फागुन १५ गते सम्पन्न हुने छ । 

यस सम्मेलनको पहिलो संस्करण बेइजिङमा भएको थियो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सम्मेलन नेपाल विश्वसँग जोडिँदा हुने फाइदा र चुनौतीमा केन्द्रित हुनेछ । नेपालमा भइरहेको सडक यातायात क्षेत्रसँग सम्बन्धित यो पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भएको आयोजकको दाबी छ । 

सम्मेलनमा चीन, भारत, संयुक्त अधिराज्य, लात्भिया, नाइजेरिया र मलेसियालगायतका एक दर्जन देशका तीन दर्जन सहभागी हुने छन् । नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्