१७ असार २०८३, बुधबार

वार्षिक ७५ करोडकाे विषादी आयात, ८५ प्रतिशत तरकारीमा प्रयोग

फागुन १३, २०७५
वार्षिक ७५ करोडकाे विषादी आयात, ८५ प्रतिशत तरकारीमा प्रयोग

काठमाडौं- आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ। त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ। सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। तर, बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ। वार्षिक ६ सय ३५ टन कीटनाशक विषादी आयात हुने गरेको छ। विषादी प्रयोगको अवस्थाबारे प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको प्रतिवेदनमा उल्लेख छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रले दुई वर्ष लगाएर अध्ययन गरेको थियो।

अध्ययनअनुसार बालीनालीमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग हुन्छ। तरकारीमा प्रतिहेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग हुन्छ। कुल विषादीको ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए।

सरकारले पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता भन्ने नारासहित फागुन ६ देखि आइतबारसम्म विषादी प्रयोगमुक्त सप्ताह विभिन्न कार्यक्रम गरी मनाएको छ। कृषि उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य गर्नुपर्ने भन्दै साताव्यापी कार्यक्रमलाई देशभर मनाउँदै आइतबार समापन गरेको छ।, अन्नपूर्ण पाेस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्