२३ जेठ २०८३, शनिबार

अम ट्रेड प्रालिद्वारा डिलर मिट कार्यक्रम सम्पन्न

फागुन १३, २०७५
अम ट्रेड प्रालिद्वारा डिलर मिट कार्यक्रम सम्पन्न

काठमाडौं – लुमिनस इन्र्भटर र सोलर ब्याट्रीको एक मात्र आधिकारिक वितरक अम ट्रेड प्रालिद्वारा हालै मात्र काठमाडौंमा डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तारा म्यानेजमेन्ट प्रालि काप्रेसिडेन्ट सौर्य शमशेर जबरा, विशेष अतिथि लुमिनस इन्टरनेसनल मार्केटिङ जनरल म्यानेजर अमित खुराना, अतिथिहरू सिप्रदी कम्पनिजका सीईओ राजनबाबु श्रेष्ठ, सिओओ राजेशप्रसाद गिरी तथा उपाध्यक्ष सौरभराज थपलियाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा देशैभरबाट करीब १ सय २० भन्दा धेरै डिलरको उपस्थिति रहेको थियो । कार्यक्रममा ५ फरक विधामा १४ वटा डिलरलाई अवार्ड प्रदान गरियो भने उपस्थित मध्येबाट लक्की ड्रमार्फत् भाग्यशाली विजेतालाई सोलर इन्भर्टर प्रदान गरियो ।

उपस्थित सम्पूर्ण डिलरहरूलाई अम ट्रेड प्रालिका अपरेसन म्यानेजर योगराज ढुंगानाद्वारा मायाको चिनो प्रदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्