×

NMB BANK
NIC ASIA

यातायात मन्त्रीकै घरअगाडि यस्तो विजोग, सर्वसाधारणलाई सास्ती [भिडियो सहित]

फागुन १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –ललितपुरको एकान्तकुनाबाट भैँसेपाटीतर्फ लाग्दा नख्खु खोला पुल तरेपछि उकालो बाटो आउँछ । उकालोमा केही अघि बढ्दा बाँयातर्फ राष्ट्रिय झण्डा फर्फराइरहेको एउटा आलिशान बंगला देख्न सकिन्छ ।

Muktinath Bank

उक्त बंगला नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको निवास हो । निवास जति आलिशान छ, त्यसको थोरै पनि प्रभाव अगाडिको सडकमा देख्न सकिन्न ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक र यातायात नै हेर्ने विभागीय मन्त्रीको घर अगाडिको सडक देख्दा यो कुनै भीआईपी एरिया हो जस्तो नै लाग्दैन ।


Advertisment
Nabil box
Kumari

सडकमा पिच उप्किएर खाल्डाखुल्डी परेको लामो समय भइसक्यो । साना गाडीलाई त अगाडि बढ्नै मुस्किल हुने गरी खाल्डो परेको छ । बस, ट्रकजस्ता ठूला सवारी पनि पल्निबाट धन्नधन्न जोगिएर अघि बढ्छन् ।

Vianet communication
Laxmi Bank

एउटा न एउटा सवारी साधन दुर्घटनामा नपरेको दिन नै हुँदैन ।

यसको मर्मतमा न मन्त्रीको ध्यान गएको छ, न त मन्त्रालय मातहतका निकायको नै । सर्वसाधारण निकै कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

ढल फुटेर सडकमा बग्दा हिँड्न झनै अप्ठ्यारो परिरहेको छ । दुई पाङ्ग्रे सवारी साधनहरू त दिनहुँजसो चिप्लिन्छन् ।

धूलो हटाउने भाषण, आफैं धूलोको कारण !

मन्त्री महासेठले विभिन्न ठाउँमा पुगेर भाषण गरेका छन्, ‘सडकको धूलो हटाउँछौं । राजधानीका सडकमा अब धूलो रहँदैन ।’ तर उनको निवासलाई घेर्न पर्खाल लगाउनका लागि निर्माण सामग्री सडक किनारामा थुपारेको महिनौं भइसक्यो, न काम सकिएको छ, न त्यहाँबाट निर्माण सामग्री नै हटेको छ ।

पानी पर्दा बालुवा बगेर सडकमा तलसम्म आइपुग्छ र घाम लागेपछि धूलो बनेर उड्न थाल्छ । आफ्नै कारणले यस क्षेत्र भएर यात्रा गर्ने सर्वसाधारण र स्थानीय बासिन्दा धूलोको कारण बन्नु परिरहँदा पनि मन्त्री महासेठ चुपचाप छन् ।

मन्त्रीका छिमेकीहरू भन्छन्, ‘सडक त बनाएनन्, बनाएनन्, निर्माण सामग्री यसरी थुपारेर धूलो त नबनाए हुन्थ्यो नि !’

हेर्नुहोस्, भिडियो :

थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x