०५ साउन २०८३, मंगलबार

संसद् भवनअगाडि कागजका २७५ प्लेन उडाइने

फागुन १३, २०७५
संसद् भवनअगाडि कागजका २७५ प्लेन उडाइने

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले विमान खरिदमा संसद्लाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई पदबाट बर्खास्त गर्न तथा वाइडबडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरूलाई कारवाहीको माग सहित संसद् भवन अगाडि धर्ना दिने भएको छ । 

फागुन १५ गते बुधवार १ बजे ‘ठूला नेता मिलेका : साढे ४ अर्ब निलेका’ लेखिएको २७५ वटा कागजको प्लेन उडाइ धर्ना प्रारम्भ गर्ने समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिए । 

प्रतिनिधिसभामा २७५ सांसदहरूको प्रतिनिधित्व रहेकोले सोही संख्यामा कागजका जहाज उडाइने सभापति पुडासैनीले बताए ।

धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवाहरूको सहभागिता रहने समाजले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्