०६ असार २०८३, शनिबार

प्रधानन्यायाधीशको नजर विशेष अदालतमा: शंकास्पद भूमिकाको आरोप लागेका तीन न्यायाधीश दुर्गममा सरुवा

फागुन १३, २०७५
प्रधानन्यायाधीशको नजर विशेष अदालतमा: शंकास्पद भूमिकाको आरोप लागेका तीन न्यायाधीश दुर्गममा सरुवा

काठमाडौं – न्यायालय सुधारको अभियानमा लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले खराब कार्यसम्पादनको आरोप लागेका विशेष अदालतका तीन न्यायाधीशलाई दुर्गममा सरुवा गरेका छन् ।

न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेको, मुद्दाका पक्षसँग सम्पर्कमा रहेको जस्ता उजुरीका आधारमा प्रधानन्यायाधीश राणाले तीन जनालाई सरुवा गरेका हुन् । 

विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल र रत्नबहादुर बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ । यस्तै नारायण पोखरेललाई राजविराज पठाइएको छ ।

न्यायपरिषद्को सहमतिमा प्रधानन्यायाधीश राणाले विशेष अदालतका तीनजना न्यायाधीशलाई सरुवा गरेका सर्वोच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । 

‘भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालतका न्यायाधीशलाई जुम्ला पठाउनु कारवाहीसरह हो,’ न्याय क्षेत्रका एक जानकार भन्छन् । 

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकालमा उनीहरू विषेश अदालतमा न्यायाधीश नियुक्त भएका थिए । 

एक पूर्वमन्त्रीको भ्रष्टाचार मुद्दा मिलाउने उद्देश्यसहित न्यायाधीशका प्रतिनिधि र ती मन्त्री पक्षबीच कुरा भएको समाचार बाहिर आएको थियो । 

यसअघि प्रधानन्यायाधीश राणाले ३३ किलो सुन तस्करीसम्बन्धी मुद्दामा कैफियत गरेको भन्दै उच्च अदालत विराटनगरका न्यायाधीशहरूलाई न्याय परिषद्‍मा तानेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्