०६ असार २०८३, शनिबार

कर्मचारी समायोजन लम्मेतान, अझै दुई साता लाग्ने सरकारी अनुमान

फागुन १४, २०७५
कर्मचारी समायोजन लम्मेतान, अझै दुई साता लाग्ने सरकारी अनुमान

काठमाडौं – संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी समायोजन प्रक्रियालाई अन्तिम रुप दिन थप दुई साता लाग्ने भएको छ ।

यस अघि फागुन ३ गतेसम्म समायोजन प्रक्रिया टुंग्याउने लक्ष्य राखिएपनि विभिन्न समस्या देखिएकाले तोकिएको अवधिमा समायोजन कार्य पुरा गर्न कठिनाई भएको थियो । १० देखि १५ दिनभित्रमा समायोजन प्रक्रिया टुंग्याउने छौं ।’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले भने । 

समायोजन रोजेका कर्मचारीको राष्ट्रिय किताबखानामा विवरण नमिलेकोले समायोजनमा ढिलाइ भएको थियो । तोकिएको समयमा समायोजन नसकिनुमा कर्मचारीको विवरण नै मुख्य कारण रहेको प्रवक्ता अधिकारीले दावी गरे ।  ‘कसैको कार्यालय मिल्दैन, कसैको नियुक्ति मिति मिल्दैन। विवरण नमिलेकाले समायोजनमा ढिलाई भएको उनले जानकारी दिए । 

मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुका अनुसार हालसम्म २२ हजार ९ सय १७ कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्