२३ जेठ २०८३, शनिबार

‘यसकारण  सामाजिक सञ्जालको नियमन आवश्यक’

फागुन १४, २०७५
‘यसकारण  सामाजिक सञ्जालको नियमन आवश्यक’

काठमाडौँ– सार्वजनिक बसमा सवार महिलाले थाहै नपाउने गरी अज्ञात पुरुषले गरेको अश्लील क्रियाकलापको भिडियो हटाउन प्रहरीलाई करिब महिना दिन लाग्यो । 
केही महिनाअघि ‘बसकाण्ड’ नामबाट सार्वजनिक भएको सो भिडियो अपलोडमा प्रयोग भएको ‘प्लेब्वाई केटो’ जीमेल अकाउन्टको अनुसन्धान गर्दै गर्दा अभियुक्तले त्यसबीचमा छ वटा भिडियो ‘अपलोड’ गरिसकेका थिए । 
महिलाको ठीक पछाडिको सीटमा बसेका ती अभियुक्तले आफ्नो क्रियाकलाप र महिलाको अनुहार प्रष्ट रूपमा भिडियोमा देखाइ दिएका कारण प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिएको छ । 
घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, मेल खोल्न प्रयोग भएको आइपी दुबईको देखिन्छ । पीडित महिलाको आग्रहपछि भिडियो हटाइए पनि मुख्य अभियुक्त पक्राउ गर्न नसक्दा अर्को घटना दोहोरिन सक्ने आशङ्का प्रहरीको छ । 

त्यस्तैं, नर्सिङ पेशामा आवद्ध एक युवतीको टाउकोमा अर्कैको नाङ्गो शरीर राखेर चरित्र हत्या गर्ने ब्यक्ति पनि पक्राउ पर्न सकेका छैन । प्रहरी अनुसार, अभियुक्तले युवतीको चरित्र हत्या गर्न प्रयोग गरेको फेसबुक बङ्गलादेशको आइपीबाट खोलिएको देखिन्छ । 
महानगरीय प्रहरी अपराध महाशाखाले फेसबुकको सिङ्गापुरस्थित शाखा कार्यालयमा पत्राचार गरी फोटो हटाउन लगाए पनि घटनामा संलग्न ब्यक्तिको भने पहिचान गर्न सकेको छैन । 
त्यतिमात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीको अनुहारमा अर्कैको शरीर जोडेर चरित्र हत्या गर्ने फेसबुक र ट्वीटर पेज बन्द भएको छैन । 
आजको गोरखापत्र दैनिका लेख्छ(सामाजिक सञ्जाल तथा वेभ पेजप्रतिको बढ्दो आकर्षणसँंगै अश्लील क्रियाकलाप र चरित्र हत्याका माथि उल्लेखित नमूना घटनाहरूबाट प्रष्ट हुन्छ, नेपालमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र कारबाहीको नाजुक अवस्था । 
साइबर अपराधमा सामाजिक सञ्जाल तथा वेभपेजहरूको प्रयोग दिन प्रतिदिन अपत्यारिलो ढङ्गले बढिरहेको छ । यस्तो अपराधमा प्रयोग हुने अधिकांस ‘आइडी’ अन्यत्रबाट खोलिने भएकाले नियन्त्रण तथा कानुनी कारबाही गर्न कठिन भइरहेको गुनासो प्रहरीको छ । मुख्य रूपमा नक्कली आइडीको प्रयोगबाट हुने साइबर अपराध नियन्त्रण गर्न समस्या देखिएको प्रहरीको भनाइ छ । 
नेपाल प्रहरी साइबर क्राइम ब्यूरोका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विकास श्रेष्ठ साइबर अपराध नियन्त्रणका लागि सामाजिक सञ्जाल तथा वेभपेजमाथि नै नियमन अनिवार्य भएको बताउँछन् ।  
गुगोल, यूट्यूब, ट्वीटर, टिकटक, फेसबुक, स्टाग्राम र ह्याट्स लगायतका सामाजिक सञ्जाल, म्यासेन्जर र भाइबर लगायतका एप तथा वेभपेज सेवा प्रदायक कम्पनीको नियमनका लागि एजेन्ट, दर्ता वा नेपाल हेर्ने गरी सम्पर्क कार्यालय स्थापना अनिवार्य भएको श्रेष्ठको भनाइ छ । 
‘अहिले त व्यक्तिको चरित्र हत्या गर्ने किसिमका गतिविधि मात्र भइरहेका छन्, भोलिका दिनमा राष्ट्रिय सुरक्षामा नै खतरा पुग्ने तथा साम्प्रदायिक हिंसा भड्काउने र देश टुक्र्याउने गतिविधि भएमा यसको जिम्मेवारी को ?’ उनले प्रश्न गरे ।

 

salt training

कमेन्ट गर्नुहोस्