२० असार २०८३, शनिबार

इरानका विदेशमन्त्री जरिफले माफी माग्दै राजीनामा दिए

फागुन १४, २०७५
इरानका विदेशमन्त्री जरिफले माफी माग्दै राजीनामा दिए

काठमाडौं– इरानका विदेशमन्त्री जवाद जरिफले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकालका बेला भएका गल्तीको माफी माग्दै राजीनामा दिएका हुन् ।

विदेशमन्त्री जरिफले सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत् राजीनामा दिएको घोषणा गरेका हुन् । जरिफले आफ्नो राजीनामा पत्रमा इरानी नागरिक र प्रशासनलाई शुभकामना दिएका छन् । ५९ वर्षीय जरिफ सन् २०१३ देखि इरानको विदेशमन्त्री बनेका थिए । 

जरिफले सन् २०१५ मा अमेरिकासँगको परमाणु सम्झौताका क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सम्झौता रद्द भएको घोषणा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्