×

NMB BANK
NIC ASIA

डेढ वर्षमा सकिनुपर्ने काम साढे चार वर्षमा ४० प्रतिशत मात्र, साढे ६ अर्बका ठेक्का रुग्ण

फागुन १४, २०७५

NTC
Premier Steels

काठमाडौं – स्थानीय विकास विभागअन्तर्गत निर्माण हुन लागेको नवलपरासी र चितवन जोड्ने झोलुङ्गे पुल निर्माणको काम साढे ४ वर्षमा ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । ठेक्केदारसँगको सम्झौता अनुसार डेढ वर्षमा सकिनुपर्ने उक्त पुल निर्माणको काम साढे ४ वर्षमा ४० प्रतिशत मात्रै सम्पन्न भएको हो ।

Muktinath Bank

सोही विभागअन्तर्गत निर्माण भइरहेको त्रिवेणी बाल्मिकी आश्रमको काम पनि साढे ४ वर्षमा ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । डेढ वर्षमा सकिनु पर्ने त्रिवेणी बाल्मिकी आश्रमको काम साढे ४ वर्ष बितिसक्दा पनि ४० प्रतिशत मात्रै सम्पन्न भएको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झोलुङ्गे पुल र आश्रम निर्माणका लागि ठेकेदार र स्थानीय पूर्वाधार विभागबीच २०७० असार ३० गते सम्झौता भएको थियो । सो अनुसार दुवै आयोजना २०७१ पुस २९ भित्रै सम्पन्न हुनुपर्ने हो, तर काम आधा पनि सम्पन्न भएको छैन ।


Advertisment
Nabil box
Kumari

दुवै आयोजना निर्माणका लागि ठेकेदारसँग ५ करोड ८७ लाख रुपैयाँमा सम्झौता भएको थियो । आयोजना निर्माणका लागि ७ करोड ७९ लाख रुपैयाँ लगानी लाग्ने त्यति बेला अनुमान गरिएको थियो ।

Vianet communication

ती दुवै आयोजना निर्माणका लागि दमौलीको ‘गीता रुविना मिना’ जेभी नामक ठेकेदारसँग सम्झौता भएको थियो ।

विभागले गत कात्तिक २३ गते दुवै आयोजना ठेक्काको म्याद थप गरेको जानकारी दिएको छ ।

७७ प्रतिशत ठेक्का म्याद थप भएन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालित आयोजनाहरूमा निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण’ प्रतिवेदन अनुसार सो विभाग अन्तर्गत निर्माणाधीन ९७ वटा आयोजनाको म्याद यसअघि नै सकिएको छ ।

म्याद सकिएका आयोजनामध्ये ७७ दशलमव ३२ प्रतिशत आयोजनाको म्याद समेत थप गरिएको छैन, र ती आयोजनाको काम समेत नसकिएको अख्तियार दुरुपयोग अनुसन्धान विभागले जानकारी दिएको छ ।

साढे ६ अर्बका आयोजना रुग्ण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय पूर्वाधार  विभाग अन्तर्गत साढे ६ अर्ब रुपैयाँ लगानीका ठेक्काहरू रुग्ण रहेको जानकारी दिएको छ । ६ अर्ब ६० करोड रुपैयाँ लगानी रहेका ९७ वटा आयोजना रुग्ण अवस्थामा रहेका आयोगको भनाइ रहेको छ ।

पढ्नुहोस्, यो पनि:
निरीह दुईतिहाइ सरकार : भाषण समृद्धिको, विकास निर्माणका आयोजना ठप्प !

संघअन्तर्गत सञ्चालित ठेक्कालाई बजेट वक्तव्यले प्रदेशमा हस्तान्तरण गरेको तर, समयमै हस्तान्तरण नहुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुग्णको सूचीमा समावेश गरेको संघीय मामिला तथा सामान्य प्रसासशन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संघ अन्तर्गत सञ्चालित आयोजना बजेट वक्तव्यले प्रदेशमा हस्तान्तरण गरेको तर, बजेट समयमै नपुक्दा रुग्णको सूचीमा परेको बताए । ‘रुग्णमा पर्नुको कारण चाहिँ बजेट वक्तव्यले आयोजनाहरू प्रदेशमा सारिदियो,’ उनले भने, ‘तर समयमै बजेट पुगेन ।’

५ वटा ठेक्का रद्द

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुग्ण औंल्याएपछि स्थानीय पूर्वाधार विभागले ५ वटा ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

संघअन्तर्गत सञ्चालित ५ वटा झोलुङ्गे पुलका ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयलका सचिव थपलियाले संघ अन्तर्गतका ५ वटा पुलका ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको र त्यस बाहेकका आयोजनाको काम अघि बढिसकेको बताए ।

‘रद्द गर्ने भनिएका बाहेकका अन्य आयोजना अख्तियारले भनेजस्तै चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी आवश्यक प्रक्रिया अघि बढिसकेको छ,’ उनले लोकान्तरसँग भने ।

पढ्नुहोस्, यो पनि :
खानेपानीको चार अर्ब बराबरका ठेक्का अलपत्र, १७ आयोजना रुग्ण

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x