काठमाडौं — जम्मु कश्मीरको पुलवामामा आतंकवादी आक्रमणपछि बढेको भारत पाकिस्तान तनावका बीच भारतीय सेनाले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेको दाबी भइरहेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर भारतीय लडाकू विमानले नियन्त्रण रेखा उल्लंघन गरेको बताए । भारतीय वायुसेनाका विमान मुजफ्फराबाद सेक्टरमा घुसे र बमसहितका पेलोड खसाए । ती बम बालाकोटमा खसाए ।
त्यसपछि पाकिस्तानले भारतीय विमानमा तोप हाने । पाकिस्तानको जवाफी कारवाहीपछि विमान फर्किए ।
उक्त दाबीपछि पाकिस्तानी पत्रकार अर्सलान सिद्दीकीले एउटा भिडियो ट्वीट गरेका छन् । भिडियोमा पाकिस्तानी सेनाले भारतीइ लडाकू विमानमा गोली हानेको र भारतीय विमान त्यहाँबाट फर्किएको देखिएको भनिएको छ ।
भिडियोको पुष्टि भइसकेको छैन ।
भिडियोसँगै सिद्दीकीले मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गरेको ट्वीट गरे ।
BREAKING: Pakistani JF17 immediate retaliate back to Indian Air Force volition at Line of Control.
— Arsalan Siddiqy (@ArsalanISF) February 26, 2019
Pakistan Retaliate Karne Ka Soche Ga Nahi, Pakistan Retaliate Karega!! #PMIK pic.twitter.com/37OSr3e3a0
कोही हताहत भएको वा नोक्सानी भएको खबर छैन ।
भारत र पाकिस्तान सीमामा लडाकू विमान उडेपछि सोमवार राति र मंगलवार बिहान पाकिस्तानले राजौरी र पुँछ जिल्लामा रातभरि फायरिङ ग–यो । मोर्टार प्रहार पनि गरियो ।
पुलवामा आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । भारतले पाकिस्तानलाई संसारबाट अलग्इाउन अनेकौं कूटनीतिक कदम चालेको छ ।
एजेन्सी