
काठमाडौं, ३१ फागुन - नेपाल र केन्याबीच जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याले आठौं विकेट गुमाएको छ । नेपालका लागि शरद भेसवाकरले केन्याको आठौं विकेट ढलाइदिएका हुन् । किर्तिपुर क्रिकेट मैदानमा च्याम्पियनसिप अन्तर्गत दोस्रो खेल भइरहेको छ । सातौं विकेट पनि उनले नै लिए । सातौं विकेट ल्याउनले वित्तिकै अर्को बलमा उनले एलबि डब्लू आउट गरेका हुन् ।
४४.४ ओभरको समाप्तीमा ७ विकेट गुमाउँदै केन्याले १५१ रन जोडेको छ । यस अघि शनिवार भएको खेलमा नेपाली ब्याट्सम्यान चल्न नसक्दा नेपालले हार बेहोरेको थियो । आजको खेलमा चाहिँ नेपालले गतिलो प्रदर्शन गरिररहेको छ ।
आज भइरहेको खेलमा केन्याका सुरुवाती दुई विकेट मेहबुब आलमले ढालेका हुन् । आलमले सुरुवाती चरणमै दुई विकेट लिएपछि केन्या दबाबमा परेको थियो । त्यसपछि पनि नेपाली बलरहरुको तेज कायमै रहेपछि केन्या दबावमा परेको छ ।
कप्तान पारस खड्काकोे अनुपस्थितिका बाबजुत नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । खड्का खेल्न नसकेपछि उप कप्तान ज्ञानेन्द्र खड्काको कप्तानीमा नेपाल मैदानमा उत्रिएको छ ।