भारत- पुलवामा हमलाको जवाफ भन्दै मंगलवार भारतले पाकिस्तानको खाइबरपख्तुनख्वास्थित बेलाकोटमा रहेका जैश–ए–मोहम्मद आतंकवादी समूहको तालिम केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार वायु सेनाले भारतीय वायुसेना बिहान करीब ३ बजे १२ विमानले सर्जिकल स्ट्राइक गर्यो ।
यसैबीच गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेटली र रक्षा मन्त्री निर्मला सीतारमण र एनएसएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीको घरमा सीसीएस बैठक चलिरहेको छ । यस बैठकमा आगामी रणनीति बनाउनेबारे छलफल हुनेछ ।
भारतलाई बदला लिन पाकिस्तानले पनि हमला गर्न सक्ने र त्यसबारे भारतको एक्सन के हुने भन्नेबारे पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।
भारतले हमला गरेपछि मोदीको भारतभर चर्चा भएको छ । उनलाई वायु सेनालाई मानिसहरूले धन्यवाद दिइरहेका छन् ।