०१ असार २०८३, सोमबार

साढे ८ किलो चरेससहित एकजना पक्राउ

फागुन १४, २०७५
साढे ८ किलो चरेससहित एकजना पक्राउ

काठमाडौं – आठ किलो पाँच सय ग्राम अवैध लागूऔषध चरेस सहित काठमाडौंका ४२ वर्षका नारायणलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काडमाडौंको भत्केको पुलबाट १० गते लुकाइछिपाई राखेको अवस्थामा उक्त लागूऔषध चरेस बरामद गरेको हो ।

सोही क्रममा नियन्त्रणमा लिइएका श्रेष्ठमाथि अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्