२२ जेठ २०८३, शुक्रबार

१० व्यक्ति जसले युट्युबबाट करोड कमाए, कसरी ?

कात्तिक २०, २०७४
१० व्यक्ति जसले युट्युबबाट करोड कमाए, कसरी ?
पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढ्दै गएसँगै यसबाट राम्रो कमाइ गर्नेको संख्या बढ्दै गएको छ । यस्तोमा भिडियो स्ट्रिमिङ साइट युट्युवबाट करौडौं कमाउनेको संख्या बढ्दै गाएको छ ।
१ पेवेडीएपीए फेलिक्स कजेलवर्ग
कजेलवर्ग एक खेल निर्माता हुन्। उनीसँग युट्युबमा करीब ४० लाख सस्क्राइबर रहेका छन्। उनले ’प्लेइङ भिडियो गेम्स विथ योर ब्रोस’ च्यानल युट्युबमा बनाएर करीब १२ मिलियन डलर कमाइ सकेका छन्। स्विडिसका नागरिक कजेलवर्गको वास्तविक नाम फेलिक्स हो।

२.उनतोयस कलेक्टर
यो एक प्रकारको टोइ च्यान हो। यसले पनि बच्चाकोहरुको लागि कार्टून बनाउने गर्छ। यसको कमाइ युट्युबमा करीब ८ मिलियन डलर रहेको छ।

३.स्माश डुओ
स्माश डुओ दुई जना कमेडी कलाकार हुन्। उनीहरुको वास्तिक नाम इयान हेकोक्स र एन्थोनी पाडिल्ला हो। यीनीहरु बच्चै देखि मिल्ने साथीहरु हुन्। उनीहरुले आफ्नो उत्कृष्ट कमेडि प्रस्तुत गरेर युट्युबमा करीब ६ मिलियन डलर कमाइ सकेका छन्। पछि कमेडी गर्दै जाँदा उनीहरु स्माश डुओको नामले चर्चित भए।

४.जेननामरबल्स
जेननामरबल्स एउटा मनोरञ्जन विधा अन्तर्गतको भाग हो। यसले मानिसहरुलाई मनोरञ्जन प्रदान गर्ने गर्दछ। यसले युट्युबबाट करीब ४.३ मिलियन डलर कमाइसकेको छ।

५. रैविल्लिअमजोहनसों
यो एक प्रकारको भिडियो सिरीज हो। यसले भिडियो बनाए मानिसलाई रमाइलो प्रदान गर्ने गरिन्छ। यसले करीब ४ मिलियन डलर युट्युबबाट कमाइसकेका छन्।

६.उबेरहसरनोव
उबेरहसरनोबले बनाएको विधा हो गेम। उसले बनाएको गेमले युट्युबमा करीब ३.५ मिलियन डलर कमाइसकेको छ।

७. रियल एन्नोयिङ ओरेन्ज
रियल एन्नोयिङ ओरेन्ज एक प्रकारको कमेडि बेव सिरिज हो। यसले पनि युट्युबमा ३.४ मिलियन डलर कमाइसकेका छन्।

८.कल्लेगेहुमार
यो पनि एक प्रकारको वेबवेस कमेडी विधा हो। यसले पनि युट्युबबाट करीब ३.३मिलियन डलर कमाइसकेको छ।

९. सुपरवुमन
सुपरवुमनको नामले चिनिएकी भारतीय नागरिक लिलि सिंह युट्युबमा निक्कै चर्चित छिन्। कमेडि विधामा युट्युबाट उनले करीब २.५ मिलियन डलर कमाइसकेकी छन्।

१०. एपिर्क याप ब्याटल्स
यो एक प्रकारर्को याप गाउने युवाहरुको समूह हो। यहाँ विभिन्न घट्नालार्इ यापमा ढालेर प्रस्तुत गर्ने गरिन्छ। यो समूहले युट्युबाट करीब २.४ मिलियन डलर कमाइसकेका छन्।

salt training

कमेन्ट गर्नुहोस्