काठमाडौं – एनआईसी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतमा केन्द्रित भएर निजी क्षेत्रबाट सञ्चालित बैंकहरू मध्येकै ठूलो बैंक बन्न सफल भएको छ ।
यसै सिलसिलामा ग्राहकमुखी योजनाहरू पस्किँदै आएको यस बैंकले पछिल्लो समय महिलाहरूलाई उद्यमशील बनाउने अर्को योजना पनि सार्वजनिक गरेको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीद्वारा फागुन १२ गते हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकताअनुसार महासंघका प्रतिनिधिले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्ड लगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा रू. २ लाखदेखि रू. १० लाखसम्म उद्यमशील प्राकृतिक व्यक्तिका लागि उपलब्ध गराइनेछ ।
यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरू, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथाकर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करीब १४ लाख ५० हजार रहेको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।