०८ साउन २०८३, शुक्रबार

ताप्लेजुङबाट स्वाभिमान यात्र शुरु गर्दै कमल थापाले भने– बह्मलुटविरुद्ध सडकमा आउने समय भयो

फागुन १५, २०७५
ताप्लेजुङबाट स्वाभिमान यात्र शुरु गर्दै कमल थापाले भने– बह्मलुटविरुद्ध सडकमा आउने समय भयो
फाइल फोटो

ताप्लेजुङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्व–पश्चिम स्वाभिमान यात्रा शुरु गरेको छ । ताप्लेजुङको फुङलिङमा आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष कमल थापाले स्वाभिमान यात्राको शुभारम्भ गरेका हुन् ।
स्वाभिमान यात्रा शुरु गर्दै अध्यक्ष थापाले देशमा लुटतन्त्र चलिरहेको भन्दै बह्मलुटबाट देशलाई जोगाउन सडकमा उत्रिने समय आएको बताए ।

लोकतन्त्र स्थापनाको १२ वर्षमा देशमा धनी र गरीबको खाडल झन बढेको तथा बेरोजगारी समस्या झन भयाभह स्थिति बनेको दाबी उनले गरे ।

राजतन्त्रको अन्त्यपछि देश अविभावक विनाको घरजस्तो अनुशासनहीन बनेको तथा सनातन धर्म मेटाइएका कारण देशमा भ्रष्टाचार र व्यभिचार बढेको उनले दाबी गरे । 

‘देशलाई अहिलेको संकटबाट मुक्ति दिनका लागि हिन्दू राष्ट्र, राजतन्त्र सहतिको प्रजातन्त्र र स्थानीय स्वायत्त साशन सहितको व्यवस्थामा जानुपर्छ,’ अध्यक्ष थापाले भने । 

हिन्दूराष्ट्र कायम, २०४६ सालपछिका मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति छानबिन लगायत सरकारसँग २२ बुँदे ज्ञापनपज्ञ बुझाएर राप्रपाले आजदेखि मेची–महाकाली स्वाभिमान यात्रा शुरु गरेको हो ।

ताप्लेजुङबाट शुरु भएको यात्राको पहिलो दिन पाँचथरमा पुगेर सकिने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्