२२ जेठ २०८३, शुक्रबार

रात्रिभोजअघि संक्षिप्त कुराकानीका साथ शुरू गर्नेछन् ट्रम्प र किमले शिखरवार्ता

फागुन १५, २०७५
रात्रिभोजअघि संक्षिप्त कुराकानीका साथ शुरू गर्नेछन् ट्रम्प र किमले शिखरवार्ता

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीचको उच्चस्तरीय शिखरवार्ता बुधवार सानो कुराकानीका शुरू हुन लागेको छ । कुराकानीपछि रात्रिभोज आयोजना गरिनेछ । 

उनीहरूले कोरियाली प्रायद्वीपबाट आणविक हतियार हटाउने रोडम्यापका बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ । भियतनामको राजधानी हनोईमा आज र भोलि गरी दुईदिन शिखरवार्ता हुँदैन । 

किमसँग भेटघाटअघि ट्रम्पले भियतनामका प्रधानमन्त्री र अन्य राजनीतिकर्मीलाई भेट्नेछन् । 

त्यसपछि उनीहरू हनोईस्थित पाँचतारे मेट्रोपोल होटलमा रात्रिभोज गर्नेछन् । 

ट्रम्पले बुधवार बिहान एक ट्वीट गरेर लेखे, ‘भियतनाम पृथ्वीका केही गजब ठाउँमध्ये एक हो । उत्तर कोरियाले पनि आणविक निःशस्त्रीकरण गरेमा भियतनाम जस्तै हुन्छ ।’ उनले थपे, ‘सम्भाव्यता गजबको छ ।’

ट्रम्प र किमबीचको पहिलो भेटघाट २० मिनेटसम्मको ऐकान्तिक वार्ता हुनेछ । त्यो स्थानीय समयअनुसार बेलुका ६ बजेर ४० मिनेटमा हुनेछ । त्यसपछि उनीहरू आफ्ना सहयोगीका साथ रात्रिभोजमा सहभागी भएको ह्वाइट हाउसले जनाएको छ । 

दुई नेताहरूले बिहीवार विभिन्न बैठकहरूमा भाग लिनेछन् तर उनीहरूको ठ्याक्कै एजेन्डा के हो भन्ने खुलेको छैन ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्