०८ असार २०८३, सोमबार

इजिप्टको कायरोमा ट्रेनमा आगलागी, २५ जनाको मृत्यु

फागुन १५, २०७५
इजिप्टको कायरोमा ट्रेनमा आगलागी, २५ जनाको मृत्यु

काठमाडौं — इजिप्टको राजधानी कायरोस्थित प्रमुख रेल स्टेसनमा एक ट्रेनमा बुधवार आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्य ५० जना घाइते भएका छन् । 

राष्ट्रिय रेलवे प्राधिकरणका अनुसार, ट्रेन राम्सेस स्टेसनमा एउटा पक्की बफर स्टपमा ठोकिएको थियो । 

ठोकिएपछि ट्रेनको इन्धन ट्यांकी पड्केको बताइएको छ । त्यसपछि प्ल्याटफर्म र नजिकैका भवनमा आगो लागेको थियो । 

प्रधानमन्त्री मोस्तफा मादबूली घटनास्थलमा पुगे र ठोकिने कारण अझै थाहा नभएको बताए । 

तर कसैबाट लापरवाही भएको पाइएमा कठोर सजाय दिइने उनले प्रतिज्ञा गरे । 

इजिप्टको रेलवे सिस्टमको सुरक्षा रेकर्ड खराब छ । एकपछि अर्को सरकारले यसमा लगानी नगरेको र व्यवस्थापन पनि कमजोर रहेको भनी धेरै मानिसले दोष लगाएका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्