०६ असार २०८३, शनिबार

आफ्नै कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेर अस्ताए आङछिरिङ

फागुन १६, २०७५
आफ्नै कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेर अस्ताए आङछिरिङ

काठमाडौं– ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबै सातजनाको निधन भएको छ । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ– नेपाली नागरिक उड्डयन क्षेत्रका सबैभन्दा शक्तिशाली र सफल व्यवसायी थिए आङछिरिङ शेर्पा । 

यती, तारा र हिमालयन एयरलाइन्सका सञ्चालक शेर्पाको एयर डाइनेस्टी हेली सर्भिस प्रालिमा पनि लगानी छ । सन् १९९० को दशकबाट पर्यटन व्यवसायमा होमिएका उनी नेपालमा नागरिक उड्डयनसँगै पर्यटनका विविध क्षेत्रमा सफल मानिन्छन् । उनले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्ट र नाम्चेमा यती माउन्टेन होम्समा पनि लगानी गरेका छन् । 

थामसेर्कु ट्रेकिङ उनको सफल ट्रेकिङ कम्पनी हो । उनी राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाका देवर हुन् । 

salt training

कमेन्ट गर्नुहोस्