३१ जेठ २०८३, आइतबार

रवीन्द्र अधिकारी– शाहाज्यादा पारसलाई चुनौती दिने चर्चित विद्यार्थी नेता

फागुन १६, २०७५
रवीन्द्र अधिकारी– शाहाज्यादा पारसलाई चुनौती दिने चर्चित विद्यार्थी नेता

काठमाडौं– दुई दशकभन्दा बढी समय विद्यार्थी आन्दोलनमा बिताएका रवीन्द्र अधिकारी तत्कालीन शाहाज्यादा पारस शाहलाई चुनौती दिएर चर्चामा रहे । शाहको गाडीले ठक्कर दिएर संगीतकार प्रवीण गुरुङको मृत्यु भएपछि उनलाई कारबाहीको माग गर्दै रवीन्द्रको नेतृत्वमा ५ लाख २३ हजार हस्ताक्षर संकलन गरेर राजदरबारमा बुझाइएको थियो । 

त्यस्तै, बहुचर्चित ‘कालापानी मार्च’को समेत नेतृत्व गर्दै अधिकारीले लक्ष्मणपुर बाँधको विरोधमा सीमा सुरक्षा अभियान चलाएका थिए । यातायातलगायत सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिने आन्दोलनको अगुवाइ पनि उनैले गरेका थिए । 
उनै रवीन्द्र अधिकारीको ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटना हुँदानिधन भएको खबर आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्