०६ असार २०८३, शनिबार

राष्ट्रिय शोकमा आज सार्वजनिक बिदा

फागुन १६, २०७५
राष्ट्रिय शोकमा आज सार्वजनिक बिदा

काठमाडौं– सरकारले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नगारिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधनमा बिहीबार राष्ट्रिय शोक घोषणा गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक घोषणा गरेको हो । 

राष्ट्रिय शोकमा सरकारले बिहीबारलाई सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को बैठकपछि गृहमन्त्री रामबहादुर थापाले बिहीबार सरकारी कार्यालयमा झण्डा आधा झुकाइने बताए । साथै बैठकले मन्त्री स्व. रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।

दुर्घटनाको सन्दर्भमा दुर्घटना जाँच नियमावली बमोजिम ४ सदस्यीय जाँच आयोग गठन गरिएको मन्त्री थापाले बताए । हेलिकप्टर दुर्घटनाको छानबिन गर्न बनेको जाँच आयोगमा योग्य प्रसाद गौतमको अध्यक्षतामा दीपक बास्तोला, प्रमोद लामा र  बुद्धिसागर लामिछाने सदस्य रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्