०४ असार २०८३, बिहीबार

हेलिकप्टर दुर्घटनाका सातै जनाको शव सुकेटार ल्याइयो, काठमाडौं पठाउने तयारी

फागुन १६, २०७५
हेलिकप्टर दुर्घटनाका सातै जनाको शव सुकेटार ल्याइयो, काठमाडौं पठाउने तयारी

सुकेटार– हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइएको छ । बुधबार साँझ दुर्घटनास्थलबाट नेपाली सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको थियो । 

बिहीबार बिहान थप तीन शव पनि सेनाले सुकेटार ल्याइएको हो । वर्षा र हिउँका कारण उद्धारमा कठिनाइ भएको थियो । सुकेटार विमानस्थलमा शव ल्याई पुर्‍याएलगत्तै शव काठमाडौँ पठाइने तयारी भएको छ । नेपाली सेनाले मन्त्री अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाउने तयारी गरेको हो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका–१० तारेभीरमा बुधबार दुर्घटनामा परेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्