१९ असार २०८३, शुक्रबार

टीकापुर घटनाको सुनुवाइ शुरु

फागुन १६, २०७५
टीकापुर घटनाको सुनुवाइ शुरु

धनगढी– थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नौजना मारिएको घटनासम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको छ । सुनुवाइको पहिलो दिन बुधबार कैलाली जिल्ला अदालतमा वादी र प्रतिवादीका तर्फबाट सातजना वकिलले बहस गरेका छन् । यो मुद्दा निरन्तर सुनुवाइको सूचीमा रहेको छ ।

बिहीबार पनि प्रतिवादीका तर्फबाट थप अन्य अधिवक्ताले बहस गर्ने अदालतले जनाएको छ । टीकापुर घटनामा पीडित पक्षका आठ जनाको जाहेरीको आधारमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कैलाली जिल्ला अदालतमा कतव्र्यज्यान, ज्यान मार्ने उद्योग र डाँका–चोरी मुद्दा चलिरहेको छ ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्