०८ असार २०८३, सोमबार

मलेसियामा १ लाख बढी नेपाली कामदार अवैध, राजदूतावास भन्छ– वैध बनाउने उपाय छैन

फागुन १६, २०७५
मलेसियामा १ लाख बढी नेपाली कामदार अवैध, राजदूतावास भन्छ– वैध बनाउने उपाय छैन

काठमाडौं– केही समयअघिसम्म नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुक मलेसियामा १ लाख २५ हजारभन्दा बढी नेपाली कामदार अवैध रूपमा बसोवास गर्दै आएका छन् । पहिलो कम्पनी छोडेर अन्यत्र जाँदा हुने वैधानिक संकटका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदार अवैध हुने गरेकोे मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । 

मेनपावर कम्पनीसँग सम्झौता भएअनुरुपको तलब काम गर्ने कम्पनीले नदिएको, तोकिएभन्दा बढी र अप्ठ्यारो काम लगाएकोलगायत कारणबाट  कामदारले कम्पनी परिवर्तन गर्ने गरेका छन् । तर, त्यसरी कम्पनी परिवर्तन गर्दा हुने कानुनी संकटका बारेमा धेरै कामदार अनभिज्ञ रहेको राजदूतावासका प्रथम सचिव विनोद मुखियाले बताए । 

झन्डै ५ लाख नेपाली कामदार रहेको मलेसियामा दूतावासको तथ्यांकअनुसार ३ लाख ७५ हजार नेपाली मात्रै वैध रहेका छन् ।  मलेसियास्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत कुमारराज खरेलले कामदार स्वयं उपस्थित भएर तोकिएको प्रक्रिया पूरा नगरे दूतावासको तर्फबाट वैध गराउने कुनै उपाय नभएको बताए ।

सबैभन्दा पहिला आफू कार्यरत कम्पनीका बारेमा कुनै गुनासो भए दूतावासलाई खबर गरिए तोकिएको सेवा सुविधा उपलब्ध गराउन पहल गर्न सकिने बताउँदै उनले भने, ‘तर, सीधै कम्पनी छाड्नेको हकमा केही गर्न सकिँदैन ।’ उनका अनुसार नेपाली कामदार विनाजानकारी अवैध भई भूमिगत हुने र कारबाहीमा परेपछि मात्रै दूतावास सम्झिने गर्छन् ।, नयाँ पत्रिकामा खबर छ ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्