
काठमाडौं ३० फागुन - केन्यासँग च्याम्पियनसिप लिगमा भिडिरहेको नेपालका लागि चौथो नम्बरका ब्याट्सम्यान आएका छन् दीपेन्द्रसिंह ऐरी । प्रदीपसिंह ऐरीका भाई हुन उनी । प्रदीप राष्ट्रिय टिममा नपरेपनि भाई दीपेन्द्र राष्ट्रिय टिमबाट खेल्न पाएका छन् ।
शनिवार नै केन्याका बिरुद्धमा भएको खेलमा उनले निकै धैर्यतापूर्वक प्रदर्शन गरेका थिए । आजपनि उनी धैर्यताका साथ खेलिरहेका छन् । आज पनि राम्रोसँग खेले भने उनले टीममा राम्रै स्थान पाउने छन् । किनकी नेपाली टीममा ब्याट्सम्यानको अभाव जहिलेपनि भइरहेको छ ।
आशा गरिएका सुनिल धमलाले दुबै खेलमा राम्रो प्रदर्शन गर्न सकेनन् । उनलाई ओपनर ब्याट्सम्यानको रुपमा आशा गरिएको थियो । अब उनले खेल सुधार्न सक्छन वा सक्दैनन्, टीममा पर्छन वा पर्दैनन् पछि कुरा हो । तर ऐरीको प्रदर्शन चाहिँ निकै राम्रो देखिएको छ ।
उनले आज कप्तान ज्ञानेन्द्र मल्लसँग राम्रो साझेदारी गरेर खेलिरहेका छन् । पारस खड्का विरामी परेपछि नेपाल मल्लको कप्तानीमा उत्रिएको हो । नेपालको ब्याट्स म्यान खेल्दा कप्ता खड्का जहिले पनि चौथो नम्बरमा आउने खेलाडी हुन् ।
उनले चौथो नम्बरमा आएर गेमको मूभनै राम्रो बनाउँछन् । आज चाहिँ ज्ञानेन्द्रको ठाउँमा ऐरीले खेल्न पाएका छन् । ऐरी राम्रो सम्भवत उनले आज ज्ञानेन्द्रको अभाव महसुस हुन नदिएकै ठानिने छ । कप्तानको ठाउँमा आएर खेलेका उनले निकै संयमताका साथ राम्रो प्रदर्शन गरिरहेका छन् ।
चौध ओखर खेलिसक्दा ज्ञानेन्द्र मल्ल ३३ रन बनाएर खेलिरहँदा ऐरी २६ रन बनाएर खेलिरहेका छन् । अहिलेको स्कोर हेर्दा ऐरीले खड्काको अभाव हुन नदिएको आभास हुन्छ ।