
काठमाडौं– मौसम अनुकुल नहुँदा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको शव काठमाडौं ल्याउन समस्या भएको छ । बिहीबार बिहानदेखि नै मौसम खराब भएकाले शवहरू काठमाडौं ल्याउन ढिलाइ भएको हो ।
ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा कुहिरो लागेको छ भने निरन्तर बिग्रेको मौसमले अवरोध पुर्याइरहेको छ । साथै पानी र हिमपातसँगै कालो बादलले आकास ढाकेपछि शव पठाउँन समस्या भएको हो ।

बादलले पूरै आकास ढाकेको र हिमपात र पानी परिरहेकोले शव पठाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । बुधवार भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो ।