
काठमाडौं - ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकै शव काठमाडौं ल्याइएको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थलबाट हेलिकप्टरमार्फत् शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
पोस्टमार्टमपछि टुँडिखेलमा सामूहिक श्रद्धाञ्जलि दिएर मात्र शव आफन्तको जिम्मा लगाउने तयारी भएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिएका छन् ।
श्रद्धाञ्जलि सभाका लागि टुँडिखेलमा तयारी भइरहेको छ ।
हेर्नुहोस्, तस्वीर :



तस्वीर : नारायण अर्याल/लोकान्तर