१६ असार २०८३, मंगलबार

अधिकारीको चासोले अघि बढेको थियो गौतमबुद्ध विमानस्थलको काम

सात पटकसम्म विमानस्थलको अवस्था बुझ्न आएका थिए
फागुन १६, २०७५
अधिकारीको चासोले अघि बढेको थियो गौतमबुद्ध विमानस्थलको काम

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधनले रूपन्देही पनि शोकमा डुवेको छ । विशेषगरी रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा उनले विशेष चासो देखाएका थिए । 

मुआब्जाको विषयलाई लिएर समस्यामा फसेको विमानस्थल निर्माणको काम उनको पहलले अगाडि बढेको थियो । 

रूपन्देहीबासीले विमानस्थल निर्माणमा चासो दिँदै काम गरेको अधिकारीको निधनले अभिभावक गुमाएको महशुस गरेका छन् । अधिकारीको योजना ०७६ भदौसम्म विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गराउने थियो । तर, त्यो अवस्था अधिकारीले देख्न पाउन भएनन् । उनको निधनले निर्माण कम्पनीहरु समेत दुःखी छन् । 

गौमबुद्ध विमानस्थल निर्माण आयोजनका प्रमुख प्रवेश अधिकारीले मन्त्रीको निधनले आफूलाई स्तब्ध बनाएको बताए । ‘मन्त्री भएपछि उहाँ ७ पटकसम्म निरीक्षण गर्न आउनुभएको थियो । हामीले अभिभावक गुमायौं ।’ अधिकारीले विमानस्थलको धावनमार्गको कालोपत्रेको दशैं अगाडि उद्घाटन गरेका थिए । 

त्यस्तै विमानस्थलको कार्गो भवनको पनि अधिकारीले नैं उदघाटन गरेका थिए ।  प्रवेश अधिकारीले भने, ‘भैरहवा हुँदै लुम्बिनी जाँदा अन्य जिल्ला जाँदा यहाँको काम के कस्तो भइरहेको छ । गुस्तरीय भएको छ कि छैन भनेर सधै चासो दिनुहुन्थ्यो ।’ 

प्रवेशले थपे, ‘उहाँले दिनहुँ मलाई फोन गरेर प्रगतिबारे सोध्नुहुन्थ्यो ।’ यस अगाडि विकास समितिको सभापति हुँदा पनि उनले भैरहवा विमानस्थल, पोखरा विमानस्थल र बाराको निजगढ विमास्थलनको बारेमा चासो राख्दै आएका थिए । 

मन्त्री अधिकारी मन्त्री हुँदा ३५ प्रतिशत मात्र काम भएको विमानस्थल निर्माण अहिले ७० प्रतिशत काम भइसकेको छ । आउदो भदौसम्म उडान सुरु गर्ने गरी काम गर्न उनले पटक–पटक निर्देशन समेत दिँदै आएका थिए ।

अहिले विमानस्थल निर्माणको काम तीब्र छ । 

salt training

कमेन्ट गर्नुहोस्